अत्तरिया उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बोहरा निर्वाचित

सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् ।  प्राप्त मत परिणाम अनुसार अध्यक्षमा कल्याण सिं बोहरा ५९४ मत पाएर निर्वाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी मिना देवी देउवाले ५७० मत ल्याएकी छन् ।  यस्तै अध्यक्ष कै अर्का उम्मेदवार कविराज भट्टले ७३ मत मात्रै पाएका छन ।  वरिष्ठ उपाध्यक्षमा देउवा प्यानलका दल बहादुर खड्का ७११  मत पाएर निर्वाचित भएका छन । बोहरा प्यानलका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारी यज्ञराज जोशीले ५३२ मत मात्रै पाए । यस्तै वाणिज्य उपाध्यक्ष पदमा देउवा प्यानलका फागुराम चौधरी ६५२ मत पाएर निर्वाचित भएका छन भने बोहरा प्यानलका देवराज भट्ट ५८२ मत पाएर पराजित भएका छन । 

बस्तुगत उपाध्यक्षमा बोहरा प्यानलका चेतराज पन्त ६४४ मत पाएर निर्वाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी देउवा प्यानलका लक्ष्मण धामीले ५७५ मत मात्रै पाए ।  

 

महासचिवमा देउवा प्यानलका अर्जुन बहादुर खड्का ३२ मतले पराजित भएका छन । महासचिवमा बोहरा प्यानलका शंकर बहादुर खड्काले ६२८  मत पाउँदा अर्जुनले ५९६ मत मात्रै पाए ।  

 

कोषाध्यक्ष पदमा बोहरा प्यानलका हेमराज भण्डारीले ६२६ मत पाएर निर्वाचित भएका छन । सोही पदमा देउवा प्यानलका दीपकराज भट्टले ५९६  मत मात्रै पाए ।   

 

सचिवमा  बोहरा प्यानलका दिलीप कुमार साउँदले ६९५ मत पाएर निर्वाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी देउवा प्यानलका हर्क बहादुर विकले ४९९ मत मात्रै पाए । 

 

कार्यसमिति सदस्यमा बोहरा प्यानलका ३ जना र देउवा प्यानलका १ जना निर्वाचित भएका छन । बोहरा प्यानलबाट रमेश भट्टराई , बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र देउवा प्यानलबाट बालकृष्ण ओझा निर्वाचित भएका छन ।

 

यो सँगै पदाधिकारीमा देउवा प्यानलबाट बरिस्ट उपाध्यक्ष र  वाणिज्य उपाध्यक्ष निर्वाचित भएका छन भने बोहरा प्यानलबाट अध्यक्ष सहित बस्तुगत उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव निर्वाचित भएका छन ।

प्रकाशित:
2023/07/09, 9:02