मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

काठमाण्डौ–  सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ । विहान ९ ः५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिईन । ‘च्यान डाँडामा चौरी गोठालाहरु हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्, ६ जना ब्यक्ति चढेका रहेछन्’ कार्कीले  भनिन् ।
हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेको लुक्ला विमानस्थलका  एटिसि अफिसर सागर कडेलले जानकारी दिए । हेलिकप्टरको खोजी भईरहेको छ । 
हेलिकप्टर लामाजुरा डाँडा सम्म सम्पर्कमा रहेको र काठमाण्डौको टावरलाई ह्याण्ड ओभर गर्ना साथ सम्पर्क विच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटिसि अफिसर कँडेलको भनाई छ ।
 

प्रकाशित:
2023/07/11, 12:13
SPA
KN
Priya Gahana Pasal