कैलालीको रातो पानी सामुदायिक वनमा अध्यक्षको संलग्नतामा व्यापक फडानी

अध्यक्षका भाइ सहित दुइ जना पक्राउ
रातो पानी सामुदायिक वनमा काटिएका सालका फेद र इन्सर्टमा तस्करका नाइके बनका अध्यक्ष कैलाश विक ।
सुदूर प्रेस संवाददाता

धनगढी–चुरे क्षेत्र सँग जोडिएको कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातो पानी सामुदायिक वनमा व्यापक फडानी भएको छ । झण्डै एक सय जति सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेर तस्करी भएको हो । सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पछिल्लो समय व्यापक वन फडानी तीव्र रुपमा भइरहेको स्थानीले बताएका छन् ।

वन फडानीमा संलग्न दुइ जनालाई स्थानीयले पक्राउ गरेर वन कार्यालय लाइ बुझाएका छन् । पक्राउ पर्नेमा सामुदायिक बनका अध्यक्ष कैलाश विकका भाइ कर्ण वहादुर विक र स्थानीय टेक राज ओझा छन् । दुवै जना माथि वन मुद्दा दायर गर्ने तयारी भएको इलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले बताए । सो क्षेत्रमा एक सय नब्बे क्यूफिट काठ बरामद भएको उनले बताए । सो क्षेत्रमा ठुलो मात्रामा सालको रुख कटानी भएको उनले स्विकारे । करिब ९० देखि एक सय वटा सम्म सालका रुख काटिएको उनले जानकारी दिए । तस्करहरूले वन भित्रै चिरान गरेर समिलहरुमा काठ बेच्ने गरेको पाइएको छ । 

रातो पानी सामुदायिक वन चूरे क्षेत्रको महत्त्वपूर्ण भावर हो । उक्त वनमा लामो समय देखि भइरहेको अवैध फडानी र तस्करीका विषयमा स्थानीयले पटक–पटक वन कार्यालयमा जानकारी दिँदा पनि चासो नराखेपछि उपभोक्ताले स्वयम पक्राउ गरी बनकर्मीलाई जिम्मा गाएका हुन । स्थानीय बासिन्दाले वन फडानी सँगै तस्करहरूले बँदेल,चित्तल लगायतका वन्यजन्तु समेत सिकार गर्ने गरेको बताएका छन । सामुदायिक वनका अध्यक्ष कैलाश विकको प्रत्यक्ष संलग्नतामा चोरी तस्करी भइरहेको भन्दै स्थानीय उपभोक्ताले उनको राजीनामा माग गरेका छन् । 

May be an image of treeMay be an image of treeMay be an image of treeMay be an image of treeMay be an image of treeNo photo description available.No photo description available.May be an image of tree

प्रकाशित:
2023/07/12, 1:13