डोटीको आदर्शमा सरकारी गाडी दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

सुदूर प्रेस संवाददाता

डोटी – डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना भएको छ।दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बा१झ ९४३४ नम्बरको जिल्ला समन्वय समितिको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरूमा वीरबहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटना हिजो  बेलुकी करिब साढे ६ बजे भएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2023/07/13, 7:21