यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– हाल कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अन्य भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार अहिले बिहान नवलपुर, बारा, सुनसरी, झापाको अनारमनी, झापाकै चन्द्रगढी विमानस्थल, कन्काइ मैनाचुली क्षेत्रमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै झापामा पानी परेको छ । झापाको चन्द्रगढी विमानस्थलमा १७६.४ मिलिमिटर वर्षा भएको छ ।

पूर्वमा मनसुनी रेखा नेपाल नजिक छ भने पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्नेछ ।

राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

भोलि (शुक्रबार) सबै प्रदेशका केही स्थानमा वर्षा हुनेछ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

शनिबार देशका अधिकांश स्थानमा पानी पर्ने छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः–

हाल मौसमको अवस्था (Present Weather Status)

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको  छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

२०८० आषाढ २८ गते (बिहीबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

२०८० आषाढ २९ गते (शुक्रबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही  र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ३० गते (शनिबार)

दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 

प्रकाशित:
2023/07/13, 7:36