आजको मौसम : कतै हावा-हुरी, कतै वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ । 

देशभर हाल सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा भने मेघ-गर्जनचट्याङ्गसहित भारी वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी  र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।

यस्तै शुक्रबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना छ ।

प्रकाशित:
2023/07/14, 7:18