वरिष्ठ साहित्यकार जोशी ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट  सम्मानित

सुदूर प्रेस संवाददाता

विराटनगर–सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृति विद्ध पद्मराज जोशी प्रभात दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित हुनुभएको छ । लामो समय देखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट आज सम्मान गरिएको  हो । कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोह बिच नगद,दोसल्ला र सम्मान पत्रद्वारा जोशी लाइ सम्मान गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

No description available.No description available.No description available.

 

प्रकाशित:
2023/07/14, 6:18