धनगढीको विकास लाइ गिज्याइ रहेको ट्राफिक चौराहा–बिशालनगर जोडने सडक (तस्बिर सहित)

आवत जावतमा सकस
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि  बिशालनगर जोडने सडक हिलाम्य हुँदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निक्कै समस्या भएको छ ।

धनगढी उपमहानगरपालिका– ३ को पुरानो यो  गल्लीमा  सामान्य झरी पर्दा हिलाम्य हुने हुँदा उक्त सडकमा मानिसहरूलाई आवत जावतमा समस्या भएको हो ।

यो गल्लीमा एक सय भन्दा वढी पसल छन् । सोराइ, शैपाल होटेल र थुप्रै रेस्टुरेन्ट यो गल्लीमा छन् । मानिसहरूको भिडभाड हुने यो सडकमा दैनिक सयौँ गाडी र मानिसहरूको आवत जावत हुने गरे पनि मर्मतका लागी कसैको ध्यान पुगेको छैन ।

स्थानीय बासिन्दा र व्यवसायीले सडक मर्मतका लागी वडा र उपमहानगर पालीका लाइ पटक–पटक जानकारी गराउँदा पनि कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।  सुरुमा पिच रहेको सडक यो २०७४ साल अघि देखिनै भत्किन सुरु भएको हो  । तत्कालीन वडा र  नगरका जनप्रतिनीधिलाइ पनि   यस बारे जानकारी गराउँदा पनि सामान्य ग्राभेल हालेर टार्ने बाहेक वास्ता नगरिएको स्थानीय व्यवसायी दिब्यराज लम्सालले बताए ।  सडकमा पानी र हिलो  जमेका कारण मानिसहरू भित्र छिर्न अप्ठेरो मान्न थालेपछि व्यापार व्यवसाय समेत प्रभावित भएको यहाँका व्यवसायीको गुनासो छ  ।

अहिलेका वडा, नगर र प्रदेशका मन्त्रीहरू समेत यो बाटोमा दिनहुँ हुइकिन्छन तर सडकको यस्तो हरिबिजोग  हुँदा पनि कसैको ध्यान पुगेको छैन । धनगढी–३ का वडा अध्यक्ष दैनिक जसो यो बाटोमा हिडछन । उनलाई स्थानीयले मर्मतका लागी पटक–पटक हार गुहार पनि गरेका छन् । तर उनले भत्किएको पिच माथि ग्राभेल छरेर सडक झनै कुरूप बनाएका छन् । छेउमै चिल्लो र हरियाली ६ लेन सडक छ त्यो सँगै जोडिएको यो सडकको दुरा अवस्थाले धनगढीको विकास लाइनै गिज्याइरहेको छ सह–प्राध्यापक उमेश जोशीले भने ।

बिशालनगर छिर्न  धनगढीको वाणिज्य बैङ्क र ट्राफिक चौराहा गरी दुई वटा सडक छन तर दुवैको अवस्था नाजुक छ होटेल सोराइका एक जना सञ्चालक पदम विक्रम सिंहले भने– वढी पानी परेपछि ग्राहकहरू भित्र छिर्नै मान्दैनन् ।   

यसै प्रदेश निर्वाचन क्षेत्रबाट चुनाव जितेका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको समेत यो सडकमा ध्यान नपुगेको भन्दे स्थानीयले दुःख ब्यक्त गरेका छन् । सडक त जिर्ण छ नै नाली समेत नहुँदा सुख्खा याममा समेत ढल सडकमा बगिरहेको हुन्छ ।

धनगढी उपमहानगर  र वडा कार्यालयले विकासका नाममा बर्सेनि करोडौँ रकम खर्च गरिरहेको छ । नगरका अन्य सडकहरू धमाधम निर्माण र मर्मत पनि भएका छन । तर धनगढीको पुरानो  र दैनिक सयौँ मानिस र गाडी आवत जावत गर्ने यो सडक मर्मतमा किन उदासीनता देखाइएको होला ? स्थानीय बासिन्दाले प्रश्न गरेका छन् । 

No description available.

No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित:
2023/07/15, 9:35