सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना

सामेबार विहान धनगढीमा देखिएको दृश्य ।
सुदूर प्रेस संवाददाता

धनगढी– आंशिकदेखि सामान्य बदली भई गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेश तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

आज दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति मधेस प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

भोलि (मंगलबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ । 

राति देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

बुधबार देशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रकाशित:
2023/07/17, 7:02