धनगढीका मेयर हमालले गरे वर्ष दिनमै कमाल

हर्क र बालेन भन्दा काम वढी चर्चा कम
सुदूर प्रेस संवाददाता

धनगढी– जनप्रतिनिधिका कामले उसको चौतर्फी चर्चा हुने गर्छ । आफ्नो क्षेत्रमा उनीहरूले पुराएको योगदानकै कारण कसैको चर्चा सर्वत्र चुलिएको छ भने कति गुमनाम छन् । धनगढी उपमहानगरपालिकाका मेयरले एक वर्ष अवधिमै जनताको प्रशंसा यसरी जित्दै गएका छन् कि जसको थोरै काममा पनि जनता खुसी छन् ।

May be an image of 1 person, van, ambulance and text

चुपचाप काम गरेका तर चर्चाको भोको नरहेका यस्तै जनप्रतिनिधि भित्र पर्छन् धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल । हो, हमालले आफू निर्वाचित भएपछि गुणगान गाउन त्यति धेरै काम गरेनन् तर उनका सीमित कामले पनि उनका मतदाताहरु खुसी हुँदै गएका देखिन्छन् । उनले काठमाडौँका मेयर वालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ भन्दा धेरै काम गरेका छन् तर चर्चा कम हुँदा उनले गरेका कामले राष्ट्रिय चर्चा बटुल्न सकेको छैन । 

नगरवासीको समस्यालाई मनन गरेर  नगरभित्र हुने आकस्मिक सेवालाई सहजता दिन नगर प्रहरीको व्यवस्था गरेका छन् । यति मात्र हैन स्वतन्त्र रुपमा निर्वाचित भए लगत्तै तलब भत्ता देखि सवारी साधन त्यागेका स्वतन्त्र नगर प्रमुख हमालले नगरवासीको हितमा एक पछि अर्को नयाँ काम गर्दै आएका छन । तालीम प्राप्त नगर प्रहरीलाई आवास सहित चौबिसै घण्टा खटिनका लागी लागी कार्यालय भित्रै व्यवस्था मिलाइएको छ ।

समस्या परेमा उपमहानगरवासिले जुनसुकै बेला  निःशुल्क नम्बर १८१०५००००९० वा ०९१–५९०६९० मा फोन गरेर  सेवा लिन सक्ने छन् ।

May be an image of van, jeep and text

छोटो अवधिमै उपमहानगरपालीकोले नगर बासीलाई प्रत्यक्ष लाभ हुने गरी गरिएको व्यवस्था प्रति नगरवासीले खुसी व्यक्त गरेका छन् । उनीहरूले कार्यान्वयन पक्ष चुस्त बनाउन नगर प्रमुख लाइ आग्रह गरेका छन् । हमालको सादगीपन बाहिर देखाउनकोलागि मात्र नभएर भित्र पनि उनी जनताको समस्यामा मलम लगाउने खालको रहेको धनगढी–३ का स्थानीय बासिन्दा तथा समाजसेवी दिब्यराज लम्साल  बताउँछन् ।

May be an image of 8 people and text

धनगढीको सडक चौडा गर्ने देखि प्लास्टिक मुक्त धनगढी बनाएका नगर प्रमुख हमाल अहिले धनगढी लाइ हरियाली बनाउन अहोरात्र खटिएका छन् ।  कैलाली भन्सार देखि गेटा सम्म सडकको बिच भाग र पैदल मार्गमा उनी हरियाली बनाउन बिरुवा रोपी रहेका छन् । जसमा स्थानीय नगरवासी मात्र नभई  विदेशमा रहेका नागरिकले समेत पाँच हजार देखि एक लाख सम्म सहयोग गरेका छन् । इच्छुक सहयोग दाताको नाम बिरुवा घेर वार गर्न बनाइएको ठाउँमा लेख्ने गरिएको छ ।

यो अभियानमा पाँच दिनमा २४  लाख रुपैंया सहयोग भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।

May be an image of 10 people, hospital and text

मैले यति धेरै सहयोग होला भन्ने सोचेको पनि थिइन हमालले भने –सामाजिक सञ्जालमा एक दुइ जनाले सहयोग गरेको कुरा राखेर आफूले धनगढी उप–महानगरपालिका द्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरेको बताए पछि अभूतपूर्व सहयोग प्राप्त भयो यसले मलाइ थप काम गर्ने हौसला मिलेको छ । 

May be an image of 1 person, fog, road and street

एक वर्ष भित्रै धनगढी उपमहानगरले मेयर गोपाल हमाल को नेतृत्वमा केही प्रमुख कामहरू:–

रातीको समयमा सुत्केरी र बिरामी अस्पताल पु¥याउनु परे एम्बुलेन्स सहित नगर प्रहरी । 

घर भित्र सर्प पसे तालिम प्राप्त नगर प्रहरी ।

मृतकलाई घाट पु¥याउन शव वाहनसहित नगर प्रहरी ।

आगलागी भयो दमकल सहित नगर प्रहरी ।

कतै रुख ढल्यो बन्चरो सहित नगर प्रहरी ।

डुबान भए लाइफ ज्याकेट र बोट सहित नगर प्रहरी ।

१९ वटै वडामा विशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य सेवा ।

धनगढीलाई हराभरा बनाउन लाखौँ बिरुवा रोपिँदै ।

चौराहा देखि कैलाली पुल र कैलाली पुल देखी क्याम्पस रोड आधुनिक सडकको निर्माण सुरु ।

चौराहा देखि भन्सार सम्म स्मार्ट बत्ती जडान हुँदै ।

चौराहा देखि गेटासम्म हरियाली र झिलिमिली ।

त्यसो त एउटा नगरप्रमुखले चाहेको खण्डमा धेरै गर्न सक्छ भन्ने दृष्टान्त काठमाडौं महानगरका मेयर बालेन साहको लोभलाग्दो कामले देखाउँदै लगेको छ । धनगढी उपमहानगरका मेयरले पनि निस्वार्थ भावले गर्न सक्ने हो भने गर्न पर्ने अथाह छ । त्यसो भयो भने मात्रै आम मतदाताले आफ्नो मतको कदर भएको आभास गर्नेछन् अन्यथा सस्तो लोकप्रियता कोलागि मात्रै रमायो भन्ने आरोप तिनै जनप्रतिनिधि प्रति लाग्ने दिन नआओस् । यही कामना ।

 

प्रकाशित:
2023/07/17, 2:12