बेहडा बाबामा पुरुषोत्तम मास,श्रीमद्भागवत कथा, शयङकालिन महाआरती सुरु (तस्बिर सहित)

भौतिक पूर्वाधार विकास मन्त्री देउवाले गरे शुभारम्भ
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको बेहडा बाबा मन्दिरमा आज देखि पुरुषोत्तम मास, श्रीमद्भागवत कथा एवम् शयङकालिन महाआरती सुरु भएको छ । सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश वहादुर देउवाले एक समारोहबिच पूजा अर्चना गरेर धार्मिक अनुष्ठानको सुरुवात गरे । 

 श्रावण ३२ गते सम्म सञ्चालन हुने धार्मिक अनुष्ठानमा महाआरती,हवन,पाठ लगायत पूजा अर्चना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साउन महिना भगवान् शिवको विशेष पूजा अर्चना गरिने भएकाले यहाँ भक्तजनहरूको ठुलो भीड लाग्ने गर्दछ । सीमावर्ती भारतका विभिन्न ठाउँ वाट समेत यहाँ श्रद्धालुहरू पूजापाठ र दर्शनका लागी पुग्ने गरेका छन् ।  

आज औँसी तिथि र सोमबार एकै दिन परेको हुँदा दर्बनाथीको घुइचो थियो । यस दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ

वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ। पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ।  यो दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने विधान छ।

May be an image of 9 people and templeMay be an image of 10 people and templeMay be an image of 4 people, temple and textMay be an image of 3 people and templeMay be an image of 4 people, temple, dais and text

 

प्रकाशित:
2023/07/17, 1:53