सार्वजनिक गाडीकाे भाडा घट्याे (सूचीसहित)

धनगढी– सरकारले सार्वजनिक गाडीकाे भाडा घटाएकाे छ । पेट्राेलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीकाे भाडा घटाएकाे हाे ।  

स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ ।

यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएकाे छ । घटेको भाडा आज साेमवारदेखि नै लागू हुने छ । घटेकाे यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने गाडीमा लागू हुनेछ । छोटो दुरीको गाडी भाडा भने प्रदेश सरकारले समायोजन गर्नेछ ।

May be an image of map and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and text

प्रकाशित:
2023/07/17, 2:42