सुदुरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै

सुदूर प्रेस संवाददाता

धनगढी–सुदुरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै गएको छ। व्यवसायीहरूले हिजो नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो। धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरूमा सोमवारदेखि पेट्रोलियम पदार्थको  अभाव  थियो। 

नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहन कुमार शाहले मंगलबार कैलालीसहित प्रदेशमा ९ जिल्लाका विभिन्न डिलरहरुमा दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल पठाइएको बताएका छन्। उनले निगमले बजारमा इन्धन पठाएसँगै आपूर्ति सहज भएको बताए। 

व्यावसायीहरुले गत शुक्रवार निगमबाट पेट्रोलियम पदार्थ लिएका थिए। तर उनीहरूले पम्पमा मौज्दात सकिएको भन्दै सोमवार र मंगलवार साँझसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गरेनन्। उनीहरूले कृत्रिम अभाव गरेर  पेट्रोल पम्पहरू बन्द गरेका आरोप छ। 

यता तीन दिनदेखि व्यवसायीहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गरेका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताहरूको भिडभाड बढेको छ। धनगढी सहितका क्षेत्रका पम्पहरूले मंगलवार साँझदेखि पेट्रोलियम पदार्थ बिक्री गरिरहेकाले भिडभाड बढेको थिाये । 

यसअघि व्यवसायीहरूले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्ने कारण देखाउँदै आयल निगमसँग थप माग नगरेर पम्पमा ताला लगाएपछि आपूर्ति ठप्प गरेका थिए । 

प्रकाशित:
2023/07/19, 7:50