समान्य मर्मत समेत गरीएन ट्राफिक चौराहा–बिशालनगर जोडने सडक

बजेटको जोहो गर्ने आश्वासन
सुदूर प्रेस संवाददाता

धनगढी–  धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि  बिशालनगर जोडने सडक हिलामय भएर आवत जावत गर्न समस्या हुँदा पनि सामान्य मर्मत समेत गरिएको छैन । सुदूर प्रेस अनलाइनले यस वारे समाचार प्रकाशित गरेपछि धनगढी–३ का वडा अध्यक्ष राज वहादुर ऐरले स्थानीय सँग सामान्य छलफल त गरे तर निर्माणका लागी चाँसो देखाएनन् । अचम्मको कुरा त के छ भने वडा अध्यक्ष ऐर यही बाटो दैनिक जसो आउ जाउ गर्छन् । यो सडकको दुरा अवस्था बारे उनलाई राम्ररी थाहा छ । तर समाचार प्रकाशित भएपछि उनले स्थानीयलाई भेटेर छिट्टै बजेटको जोहो गर्ने आश्वासन दिएका छन् । धनगढीका अधिकांश सडक निर्माणका लागी प्रदेश सरकार  र धनगढी उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । तर यो सडकका लागी अब बजेट जोहो गर्ने भनिँदै छ स्थानीय भन्छन्–यो भन्दा हास्यास्पद अरू के हुन्छ ।  तत्काल पिच गर्न नसकिए पानी पिच सम्म गरेर आवत जावतमा सहजता गरी दिन स्थानीयले आग्रह गरेका छन् ।  

सडक निर्माणको माग गर्दै स्थानीहरु वडा अध्यक्ष संग । May be an image of 8 people, people smiling and text

यो पनि पढनुहोस्ः–

धनगढीको विकास लाइ गिज्याइ रहेको ट्राफिक चौराहा–बिशालनगर जोडने सडक (तस्बिर सहित)

https://sudurpress.com/article/2777

धनगढी उपमहानगरपालिका– ३ को पुरानो यो  गल्लीमा  सामान्य झरी पर्दा हिलामय हुने हुँदा उक्त सडकमा मानिसहरूलाई आवत जावतमा समस्या भएको हो ।

यो गल्लीमा एक सय भन्दा वढी पसल छन् । सोराइ, शैपाल होटेल र थुप्रै रेस्टुरेन्ट यो गल्लीमा छन् । मानिसहरूको भिडभाड हुने यो सडकमा दैनिक सयौँ गाडी र मानिसहरूको आवत जावत हुने गरे पनि मर्मतका लागी कसैको ध्यान पुगेको छैन ।

स्थानीय बासिन्दा र व्यवसायीले सडक मर्मतका लागी वडा र उपमहानगर पालीका लाइ पटक–पटक जानकारी गराउँदा पनि कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।  सुरुमा पिच रहेको सडक यो २०७४ साल अघि देखिनै भत्किन सुरु भएको हो  । तत्कालीन वडा र  नगरका जनप्रतिनीधिलाइ पनि   यस बारे जानकारी गराउँदा पनि सामान्य ग्राभेल हालेर टार्ने बाहेक वास्ता नगरिएको स्थानीय व्यवसायी दिब्यराज लम्सालले बताए ।  सडकमा पानी र हिलो  जमेका कारण मानिसहरू भित्र छिर्न अप्ठेरो मान्न थालेपछि व्यापार व्यवसाय समेत प्रभावित भएको यहाँका व्यवसायीको गुनासो छ  ।

अहिलेका वडा, नगर र प्रदेशका मन्त्रीहरू समेत यो बाटोमा दिनहुँ हुइकिन्छन तर सडकको यस्तो हरिबिजोग  हुँदा पनि कसैको ध्यान पुगेको छैन । धनगढी–३ का वडा अध्यक्ष दैनिक जसो यो बाटोमा हिडछन । उनलाई स्थानीयले मर्मतका लागी पटक–पटक हार गुहार पनि गरेका छन् । तर उनले भत्किएको पिच माथि ग्राभेल छरेर सडक झनै कुरूप बनाएका छन् । छेउमै चिल्लो र हरियाली ६ लेन सडक छ त्यो सँगै जोडिएको यो सडकको दुरा अवस्थाले धनगढीको विकास लाइनै गिज्याइरहेको छ सह–प्राध्यापक उमेश जोशीले भने ।

 

बिशालनगर छिर्न  धनगढीको वाणिज्य बैङ्क र ट्राफिक चौराहा गरी दुई वटा सडक छन तर दुवैको अवस्था नाजुक छ होटेल सोराइका एक जना सञ्चालक पदम विक्रम सिंहले भने– वढी पानी परेपछि ग्राहकहरू भित्र छिर्नै मान्दैनन् ।   

 

यसै प्रदेश निर्वाचन क्षेत्रबाट चुनाव जितेका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको समेत यो सडकमा ध्यान नपुगेको भन्दे स्थानीयले दुःख ब्यक्त गरेका छन् । सडक त जिर्ण छ नै नाली समेत नहुँदा सुख्खा याममा समेत ढल सडकमा बगिरहेको हुन्छ ।

 

धनगढी उपमहानगर  र वडा कार्यालयले विकासका नाममा बर्सेनि करोडौँ रकम खर्च गरिरहेको छ । नगरका अन्य सडकहरू धमाधम निर्माण र मर्मत पनि भएका छन । तर धनगढीको पुरानो  र दैनिक सयौँ मानिस र गाडी आवत जावत गर्ने यो सडक मर्मतमा किन उदासीनता देखाइएको होला रु स्थानीय बासिन्दाले प्रश्न गरेका छन् । 

प्रकाशित:
2023/07/19, 8:39