यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।


आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग  एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः– 

२०८० श्रावण ०४ गते (बिहीबार)

दिउँसो:  देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा  बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

राती: देशभर आंशिक देखी  सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

२०८० श्रावण ०५ गते (शुक्रबार)

दिउँसो:  देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा  बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

राती: देशभर आंशिक देखी  सामान्य बदली रहनेछ। कोशीमधेशबागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

२०८० श्रावण ०६ गते (शनिबार)

दिउँसो:  देशभर आंशिक देखी  सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

राती: देशभर आंशिक देखी  सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning / Advisory for next 24 hours)

कर्णाली र  सुदुरपश्चिम प्रदेशका केहीगण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ हावा-हुरीभारी वर्षामेघ गर्जन/चट्याङ्गगेग्रान बहावबाढीपहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित:
2023/07/20, 7:33