पानीको बहाव बढे पछि कैलालीका नदीहरूमा देखिन थाले डल्फिन

सुदूर प्रेस संवाददाता

धनगढी–पानीको बहाव बढे पछि कैलालीका नदीहरूमा डल्फिन देखिन थालेका छन्।  जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरूमा पाइने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेको संरक्षणकर्मीले बताएका छन् ।  टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ।

नदीको बहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिनका साथै ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा समेत पाइने गर्दछन्। बर्षात्का चार महिना असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन्। डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ४ महिना मात्रै बस्ने गर्छन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनि एक हो। कैलालीका नदिहरुमा भेटिने डल्फिनको संरक्षण र सम्बद्ध गर्न सक्ने यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।

प्रकाशित:
२०८० साउन , ०८:१२
SPA
KN
Priya Gahana Pasal