धनगढीको एक्सिस विद्याश्रम लाइ सिंगापुरमा वेस्ट स्कुल अवार्ड

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमकै प्रतिष्ठित एक्सिस विद्याश्रम लाइ सिंगापुरमा वेस्ट स्कुल अवार्ड २०२३ बाट सम्मान गरिएको छ । सिङ्गापुरमा आयोजित एक भव्य समारोहमा एक्सिस विद्याश्रमकी प्रधानाध्यापक अनिता पन्तले एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड ग्रहण गरेकी हुन । एक्जिटो एजुकेसन अस्ट्रेलियाको आयोजना भएको कार्यक्रममा एक्सिस विद्याश्रमलाई वेस्ट स्कुल अवार्ड  प्रदान गरिएको हो ।  आधुनिक शिक्षाका सबै आयामलाई एक्सिस विद्याश्रम अवलम्बन गर्दै आएको छ । जहाँ ‘स्मार्ट शिक्षक’ले ’स्मार्ट प्रविधि’ अपनाउँदै स्मार्ट तरिकाले पढाउँछन् । व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस स्कुलले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको छ । 

 

प्रकाशित:
2023/07/20, 2:44