यस्तो छ आजको मौसम

धनगढी– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ । मौसम विभागले जनाएअनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

यस्तै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः– 

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

हाल मौसमको अवस्था 

हाल गण्डकीलुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी कर्णाली र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

२०८० श्रावण ०५ गते (शुक्रबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमतीगण्डकीकर्णाली  सुदूरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा  बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको   

राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। गण्डकीकर्णाली  सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  ।साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको  

२०८० श्रावण ०६ गते (शनिबार)

दिउँसो:  देशभर आंशिक देखि  सामान्य बदली रहनेछ। बागमतीगण्डकीकर्णाली  सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी  भू-भागका  थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

राती: देशभर आंशिक देखि  सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी  भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  ।मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको  

२०८० श्रावण ०७ गते (आइतबार)

दिउँसो:  देशभर आंशिक देखि  सामान्य बदली रहनेछ। बागमतीगण्डकीकर्णाली  सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी  भू-भागका  थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  । गण्डकीलुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको  

राती: देशभर आंशिक देखि  सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी  भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning / Advisory for next 24 hours)

बागमतीगण्डकीकर्णाली  सुदूरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा  बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको   ।साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको  

प्रकाशित:
2023/07/21, 6:31