बाघको छालासहित कैलालीको अत्तरियाबाट दुइ जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–संरक्षित वन्यजन्तु पाटे बाघको छालासहित कैलालीको अत्तरियाबाट दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय माला खेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया रिङ रोडबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह विष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षका हर्क बहादुर विष्ट छन् । 

उनीहरूको साथबाट पुच्छर सहितको लम्बाई ६ फिट ११ इन्च तथा चौडाइ २ फिट ४ इन्च को एउटा र  लम्बाई ७ फिट ३ इन्च,चौडाइ २ फिट भएको अर्को गरी दुई ओटा बाघको छाला बरामद भएको छ । विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरूको साथ वाट उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

No description available.No description available.

 

प्रकाशित:
2023/07/21, 9:58