सुदूरपश्चिममा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित वर्षा हुनेछ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

भोलि (आइतबार) बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

सोमबार सबै प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित वर्षा हुने महाशाखाले जनाएको छ । 

प्रकाशित:
2023/07/22, 7:29