गोदावरीमा सामुदायिक बनका अध्यक्ष कैलाश विकको निर्देशनमा बन फडानी

स्थानी भन्छन्–कानुन अनुसार हो काट भनेर अध्यक्षले निर्देशन दिएपछि रुख काटेका हौँ
रातो पानी सामुदायिक वनमा काटिएका सालका फेद र रुख काटन निर्देशन दिने बनका अध्यक्ष कैलाश विक ।
सुदूर प्रेस संवाददाता

धनगढी– चुरे क्षेत्र सँग जोडिएको कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातो पानी सामुदायिक बनका अध्यक्ष कैलाश बिकको संलग्नतामा व्यापक फडानी भएको पाइएको छ ।  अध्यक्ष विकले  वनकै पदाधिकारी लाइ काठ बेचेको रकम बरावर वाँडने सर्तमा रुख काटन लगाएको खुलासा भएको छ । म कांग्रेशको नेता पनि हुँ वडा अध्यक्ष सहित वनका कर्मचारी सबै लाइ मिलाएको छु तिमिहरु निर्धक्क भएर रुख काट भनेर बनका अध्यक्ष कैलाश विकले स्थानी युवालाई रुख काटन र वनमै चिरान गर्न पठाउने गरेका थिए । रुख कटान भइरहेको समयमा अध्यक्ष विक बाहिर रेख देख गर्ने गरेका थिए । अध्यक्षले काट कानुन अनुसार नै हो भनेर मेरा छोरा लाइ  काटन पठाएर फसायो पक्राउ परेका आफन्तहरू भन्छन् । काटने भन्दा पनि काटन लगाउने अध्यक्ष लाइ कारबाही हुनुपर्छ । 

मनोमानी गर्न नपाएपछि अध्यक्ष कैलाश विकले विरोध गर्ने दुइ जना बनका सदस्य केशव राज जोशी र पदम राज जोशी लाइ एक लौटी तरीकाले हटाएर करन विक र ललिता ओड लाइ सदस्य नियुक्त गरेका थिए । उनले केही परे आफू बेहोर्ने भन्दै बनका सदस्यहरूलाई काठ काट्न लगाउने गरेका थिए । बनमै काठ काटेर चिरान समेत गर्ने गरेको पाइएको छ । वनका सबै पदाधिकारी लाइ हातमा लिएर उनले आफू अनुकूल निर्णय गरी लाखौँ रुपैंया हिनामिना गरेको स्थानीयले बताएका छन ।  उनीहरूले कारबाहीका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बन कार्यालयमा समेत उजुरी दिएका छन् । सामुदायिक बनका सदस्य कर्ण वहादुर विक र स्थानीय टेक राज ओझा पक्राउ परे पनि अध्यक्ष बिक लाइ अहिले सम्म पक्राउ नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । काठ काटन निर्देशन दिने अध्यक्ष लाइ पक्राउ गरी अनुसन्धान गर्न स्थानीयले आग्रह गरेका छन् । सामुदायिक वनका अध्यक्ष कैलाश विकको प्रत्यक्ष संलग्नतामा चोरी तस्करी भइरहेको भन्दै स्थानीय उपभोक्ताले उनलाई बर्खास्त गर्न माग गरेका छन् ।

सो क्षेत्रमा एक सय नब्बे क्यूफिट काठ बरामद भएको छ ।  सो क्षेत्रमा ठुलो मात्रामा सालको रुख कटानी भएको छ ।  । करिब ९० देखि एक सय वटा सम्म सालका रुख काटिएको छ । तस्करहरूले वन भित्रै चिरान गरेर समिलहरुमा काठ बेच्ने गरेको पाइएको छ । रातो पानी सामुदायिक वन चूरे क्षेत्रको महत्त्वपूर्ण भावर हो । उक्त वनमा लामो समय देखि भइरहेको अवैध फडानी र तस्करीका विषयमा स्थानीयले पटक–पटक वन कार्यालयमा जानकारी दिँदा पनि चासो नदेखाएको स्थानीयको गुनासो छ  ।

स्थानीय बासिन्दाले वन फडानी सँगै तस्करहरूले बँदेल,चित्तल लगायतका वन्यजन्तु समेत सिकार गर्ने गरेको बताएका छन । प्रदेशका बन मन्त्री रमेश धामी समेत फडानी भएको क्षेत्रमा पुगेर फर्किएका छन् । उनले दोषीलाई कारबाही गर्ने बताएका छन् । 

 

 

प्रकाशित:
2023/07/22, 9:27