महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी २८ वर्षीय जनक भट्टले गए राति महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट नदिमा हाम फालेको प्रहरीले जनाएको छ । उनको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजिकार्यका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायतको उद्धार टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित:
2023/07/23, 8:08