भरुवा बन्दुक र गोली सहित सहित कैलालीमा एकजना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–  भरुवा बन्दुक र गोली सहित सहित कैलालीमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ । कैलारी गाउँपालिका ६ खरुवाखेरका ५२ वर्षीय नारायण प्रसाद चौधरीलाई शनिवार साँझ भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

चौधरीको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि प्रहरी नायव निरीक्षक राजेन्द्र सिंह कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले चौधरीको खानतलासी गर्दा भरुवा बन्दुक र गोली सहित पक्राउ गरेको थियो । 

उनको घरबाट एक थान एक नाले अवैध भरुवा बन्दुक, बारुद ४ डिब्बा, तयारी गोली ३८ पिस सानो,  २८ पिस ठुलो, सिसाको टुक्रा नौ पिस,  समेत  बरामद गरेको प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । 

प्रकाशित:
2023/07/23, 10:03