खैरो हेरोइन सहित कैलालीको गेटा वाट श्रीमान श्रीमती पक्राउ

२ ग्राम लागु औषध खैरो हेरोइन बरामद
सुदूर प्रेस संवाददाता

धनगढी–लागु औषध खैरो हेराइन (ब्राउन सुगर) सहित कैलालीको गेटा वाट श्रीमान श्रीमती पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीया अनिता राना र उनका श्रीमान २४ वर्षीय अन्तराम राना लाइ पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा आफू सुत्ने कोठामा राखिएको प्लास्टिकको जेब्रा झोलामा २ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।  अन्तराम रानालाई ३ महिना अगाडी पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ ।  अपाङ्गताको आवरणमा श्रीमान  श्रीमती  भारतको सीमा नाका बजार गई लागु औषध  खरिद गरी ल्याउने र दुवै जना मिली गाउटोलका युवा ग्राहकहरूलाई  स–साना पुरिया बनाई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2023/07/24, 7:53