कैलाली कारागारमा कैद भुक्तान गरीरहेका कैदीको मृत्यु

सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली कारागारमा कैद भुक्तान गरीरहेका एक जनाको कैदीको आज बिहान मृत्यु भएको छ । चोरी मुद्दामा २०७५ साल चैत १२ गतेदेखि  कारागारमा सजाय काटिरहेका बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको आज बिहान ५ः३० बजे सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको  कारागार  प्रमुख पदम तिमिल्सेनाले जानकारी दिए ।

क्षयरोगबाट ग्रसित विष्टको अवस्था जटिल भएपछि उपचारका लागि साउन ४ गते अस्पताल भर्ना गरिएको थियो । सुरुमा आइसियुमा राखिएका बिस्टको अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । 

विष्टलाई चोरीको एकल मुद्दामा जिल्ला अदालत बैतडीले तीन वर्ष र जिल्ला अदालत कञ्चनपुरले पाँच वर्षको सजाय सुनाएको थियो । सोही मुद्दामा विष्ट सजाय भुक्तान गरी रहेका थिए ।

प्रकाशित:
2023/07/24, 10:37