यस्तो छ आजको मौसम

तस्बीरः– केशव भट्टराइ
सुदूर प्रेस संवाददाता

धनगढी– देशभर आंशिकदेखि सामान्य बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम धुम्मिएको छ ।

हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ । राति देशका पहाडी भू-भागका केही स्थान तथा बांकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

भोलि (बिहीबार) देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना छ ।

राति देशका पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

शुक्रबार देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । राति देशका पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । 

प्रकाशित:
2023/07/26, 7:29