स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ

सुदूर प्रेस संवाददाता

कपिलवस्तु–कपिलवस्तुको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।

मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो ।

स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अबैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेका गुप्तालाई रकमसहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जनाएको छ । 

प्रकाशित:
2023/07/26, 7:57