सुदूरपश्चिममा यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

शुक्रबार राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली नै रहनेछ । गण्डकी प्रदेशका केही स्थानहरूका साथै देशका बाँकी पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित:
2023/07/28, 7:50