कैलालीको लम्कीचुहामा एक महिलाको बिभत्स हत्या, चार जना पक्राउ

मञ्जुलाई मारेर टुक्रा–टुक्रा पारी खोल्सामा ढुङ्गा मुनी च्यापेर राखिएको थियो
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको लम्कीचुहा नगरपालीकामा  एक जना महिलाको बिभत्स हत्या गरेको अभियोगमा प्रहरीले चार जना लाइ पक्राउ गरेको छ  । 
जिल्लाको लम्कीचुहा नगरपालिका–४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा स्थानीय ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोली बस्ने ३७ वर्षीया सरिता रावल लाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । मृतक मञ्चु र गोमा नातेदार रहेको र   उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुुलेको प्रहरीले जनाएको छ । 
मृतक रावलका छोरा विवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरीया जान्छु भनी हिँडेकी आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाँऊ भनी असार १ गते प्रहरीमा निवेदन दिएका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो ।
साउन १४ गते प्रतिवादी सरिता रावलले मन्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका–५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो ।
उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रंगको कुर्ता सुुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ ।

यस्तो छ मञ्जु रावल हत्या प्रकरण –

 मृतकको नामः- मञ्जु रावल उमेरः- ३३ बर्ष ।
 ठेगानाः- जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का ।
 श्रीमानको नाम जनक बहादुर रावल ।
 मृतक मञ्जु रावलको जेठी सौताको नाम गोमा रावल ।
 मृतक मञ्जु रावलको निजका श्रीमान जनक बहादुर रावलसंग सम्बन्ध बिच्छेद
भएको मिति २०७६।०३।२३ गते ।
 जनक बहादुर रावलको मृत्यु भएको मिति २०७७।१२।०४ गते ।
 जनक बहादुर रावलको मृत्यु भए पश्चात निजको दुबै श्रीमती गोमा रावल र मञ्जु
रावल मिली दुबैको सहमती अनुसार जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा
नं. ४ को वडा कार्यालयमा गई मिति २०७७।१२।२२ गते मृत्यु दर्ता भएको ।
 मृत्यु दर्ता पश्चात मृतक जनक बहादुर रावलको जेठी श्रीमती गोमा रावलले जिल्ला
कैलाली लम्कीचुहा नगरपालिका वडा नं.४ को वडा कार्यालयमा गई मञ्जु रावलले
मेरो श्रीमान जनक बहादुर रावलसंग मिति २०७६।०३।२३ गते सम्बन्ध विच्छेद
भई सकेको र निजले झुट्टा विबरण पेश गरी मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको
महलमा आफ्नो समेत नाम राखि मृत्यु दर्ता गरेको हुँदा श्रीमतीको महलमा आफ्नो
नाम मात्र राखि मञ्जु रावलको नाम हटाई पाउँ भनि निवेदन दिई ऐ. वडा
कार्यालयले मिति २०७९।०९।२९ गते लम्किचुहा नगरपालिकाबाट निर्णय गराई
जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीलाई निज जनक बहादुर रावलको मृत्यु
दर्ता प्रमाणपत्र रद्दको पत्र लेखेको ।
 मिति २०७९।११।१८ गते जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीले मृत्यु
अगाडी नै सम्बन्ध बिच्छेद भई सकेको हुँदा निज मञ्जु रावलले झुट्टा विबरण पेश
गरी मृत्यु दर्ता गराएको हुँदा निज मञ्जु रावललाई राष्ट्रिय परिचय पत्र तथा
पंजिकरण ऐन अनुसार कारबाही गर्न भनि जिल्ला प्रहरी कार्यालय धनगढी
कैलालीलाई पत्र पठाई क्रमस ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा प्राप्त भई
मिति २०७९।११।२५ गते झुट्टा विबरण पेश गरी मृत्यु दर्ता गरेको कसुरमा मुद्दा
दर्ता भएको ।
 मिति २०७९।११।२६ गते निज मञ्जु रावललाई निजको घर ठेगाना जि.कैलाली
लम्कीचुहा न.पा. वडा नं ४ बाट पक्राउ गरिएको ।

 मिति २०७९।१२।१७ गते सम्मानित कैलाली जिल्ला अदालतको थुनछेक आदेशले
प्रतिबादी मञ्जु रावललाई रु.२०,०००।– हजार धरौटी तारेखमा छोडेको ।
 मिति २०७९।१२।२८ गते जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं.४ बस्ने
मेरी सौता गोमा रावल, निजको छोरी बर्षा रावल र भतिजा भरत रावल समेतले
जग्गाको विषयलाई लिई मलाई ज्यान मार्ने धम्मी दिएको हुँदा आवश्यक कारवाही
गरी पाउ भनि मञ्जु रावलले ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा निवेदन
दिएको ।
 मिति २०७९।१२।२९ गते गोमा रावल र मञ्जु रावललाई ईलाका प्रहरी कार्यालय
लम्की कैलालीमा बोलाई आवश्यक छलफल गराएको ।
 मिति २०८०।०३।०१ गते मञ्जु रावलको छोरा बिवेक रावलले मेरो आमा मञ्जु
रावल मिति २०८०।०२।२५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि जानु
भएको र सोही दिनको साँझबाट मेरो आमा मञ्जु रावलको मोबाईल समेत बन्द
रहेको हुँदा खोज तलास गरी पाँउ भनि ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा
निवेदन दिएको र सोही दिन हुलिया परीपत्र भएको ।
 निज मृतक मञ्जु रावलले प्रयोग गर्ने मोबाईल नम्बरको CDR माग गरी हेर्दा मृतक
मञ्जु रावलको मोबाईल नम्बरमा प्रतिवादी सरीता रावलको मोबाईलबाट २ पटक
सम्पर्क भएको र निज दुबै प्रतिवादीहरु र मृतक मन्जु रावलको मोबाईलको लोकेशन
एउटै स्थानमा देखिई जिल्ला कैलाली गौरीगंगा न.पा.को (बडैपुर) मा मोबाईल अफ
भएको देखिन आएको ।
 मृतक मन्जु रावलको भाई सुरेन्द्र कार्कीले मेरो दिदि मञ्जु रावललाई बेपत्ता पारेको
भनि जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने बर्ष ४० कि
गोमा रावल, ऐ.ऐ. बस्ने बर्ष २४ को भरत रावल, जिल्ला अछाम पञ्चदेवल विनायक
न.पा. ६ तोलि बस्ने बर्ष ३७ कि सरिता रावल समेतको नाममा व्यक्ति बेपत्ता
शिर्षकमा किटानी जाहेरी दरखास्त पेश गरेको र मिति २०८०।०३।१३ गते व्यक्ति
बेपत्ता शिर्षकमा मुद्दा दर्ता भएको ।
 मिति २०८०।०३।२५ गते जिल्ला डोटी दिपायल सिलगडी नगरपालिका वडा नं. ४
राजपुरबाट प्रतिबादी गोमा रावललाई पक्राउ गरेको ।
 मृतक मञ्जु रावलको छोराको घटना विबरण कागजबाट खुल्न आएकी प्रतिबादी
बर्षा रावललाई मिति २०८०।०४।०४ गते जिल्ला कैलाली धनगढी उप-
महानगरपालिका वडा नं. १ धनगढी बजारबाट पक्राउ गरेको ।
 मिति २०८०।०४।०४ गते जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.३
त्रिनगरबाट प्रतिबादी भरत रावल पक्राउ गरेको ।

 मिति २०८०।०४।१२ गते जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.३
त्रिनगरबाट प्रतिबादी सरिता रावल पक्राउ गरेको ।
 मिति २०८०।०४।१४ गते १५:३० बजेको समयमा प्रतिबादी सरिता रावलको
वयान तथा निजले देखाएको स्थान जिल्ला कैलाली मोहन्याल गा.पा.वडा नं. ५
स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर
पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरीएर रहेको
हड्डी (कंकालहरु) टुक्रा-टुक्रा फेला परेको, सोहि हड्डिमा बेरिएर रहेको गुलाबी रंगको
कुर्ता शुरुवालबाट निज मृतक मञ्जु रावलको छोरा बिवेक रावलले मेरी आमा मञ्जु
रावलको कुर्ता शुरुवाल हो भनि सनाखत गरेको हुँदा थप अनुसन्धान कार्य भईरहेको

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरु:

 निज मृतक मञ्जु रावलको श्रीमान जनक बहादुर रावलको जेठो श्रीमती गोमा रावल
रहेको, श्रीमानको मृत्यु पश्चात मृतक मञ्जु रावल र गोमा रावल बिच अंशको
बिषयलाई लिएर बिबाद भई रहेको ।
 बिबादीत जग्गा जमिन निज मृतक मञ्जु रावलको नाममा रहेको र सोही बिषयलाई
लिएर निज प्रतिवादी गोमा रावल, निजको छोरी बर्षा रावल र निजको भतिजा
भरत रावलले निज मञ्जु रावललाई मार्ने योजना बनाएको ।
 निज प्रतिवादीहरुको योजना अनुसार निज मञ्जु रावलको हत्या गर्न सरिता रावल
लगायत योजनाकारहरुको समेत संलग्नतामा हत्या गरिएको ।
 थप अनुसान्धन तथा कानुनी कारबाही भई रहेको ।

प्रकाशित:
2023/07/31, 9:05