विनोदले राखे विश्व रेकर्ड

१ मिनेटमा १३६ पटक जम्पिङ ज्याक
सुदूर प्रेस संवाददाता

धनगढी– नेपाली तेक्वान्दो खेलाडी विनोद थापाले पुनः अर्को विश्व कीर्तिमान् राखेका छन् । उनले १ मिनेटमा १३६ पटक जम्पिङ ज्याक (खुट्टा फट्याउँदै हात माथि लगेर गरिने शारीरिक अभ्यास) गरेर सर्वाधिक जम्पिङ ज्याकमा विश्व रेकर्ड राखेका हुन् । यसअघि सो कीर्तिमान् इजिप्टका खेलाडी मोहम्मद फेरिस सबनको नाममा रहेको थियो । उनले १ मिनेटमा १३२ जम्पिङ ज्याक गरेका थिए । गिनिज वर्ल्ड रेकर्डले उनको यो प्रयासलाई विश्व कीर्तिमानको सूचीमा राखेको छ ।

No description available.

खेलाडी थापाले यसअघि पनि दुईपटक विश्व कीर्तिमान् राखिसकेका छन् । सन् २०२० मा उनले एक घण्टामा ४७२५ मार्सल आर्ट किक्स प्रदर्शन गरेर विश्व कीर्तिमान् राखेका थिए । दुबै खुट्टाको मद्दतमा ४७२५ पटक उनले किक प्रहार गरेका थिए । सोही बर्षको अक्टोबरमा थापाले १ घण्टामा २७५० राउन्ड हाउस किक प्रदर्शन गरेर विश्व कीर्तिमान् राखेका थिए । कैलाली टिकापुरका थापा तेक्वान्दोका राष्ट्रिय खेलाडी हुन् ।

प्रकाशित:
2023/08/01, 8:13