धनगढीको भट्टराई  स्टोरबाट १४ बोरा प्लास्टिकको झोला बरामद  

सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा रहेको भट्टराई  स्टोरबाट १४  बोरा प्लास्टिकको झोला  बरामद  गरिएको छ । 

धनगढी उप–महानगरपालिकाले असोज १ गते बाट प्लास्टिक निषेध गरिएको भए पनि त्यसको उल्लङ्घन गर्दै भट्टराई  स्टोरले प्लास्टिकको झोला  बिक्री गर्दै आएको थियो । 

उपमहानगरले  निरन्तर रुपमा सञ्चार माध्यमबाट र  नगर प्रहरी द्वारा  प्लास्टिक प्रयोग नगर्न  सुचना प्रवाह गर्दै आएको छ । तर भट्टराई  स्टोरले त्यसको बेवास्ता गर्दै आएको थियो । नगरवासीले नियम उल्लङ्घन गर्ने उक्त पसललाइ जरिवाना समेत गराउन नगरप्रमुख लाइ आग्रह गरेका छन् । अत्तरिया क्षेत्र वाट समेत प्लास्टिक आइरहेकाले त्यसलाई रोक्न उनीहरूले आग्रह गरेका छन् । 

धनगढीका नगरप्रमुख गोपाल हमालले प्लास्टिक किनबेच र प्रयोग नगरी आ–आफ्नो क्षेत्रबाट प्लास्टिक मुक्ति धनगढी निर्माण अभियानमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । 

 

प्रकाशित:
2023/08/01, 8:28