बन्दुकले हानेर एक व्यक्तिले गरे श्रीमतीको हत्या

सुदूर प्रेस संवाददाता

तनहुँ–तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2023/08/02, 8:25