४ थान बन्दुक सहित कैलालीमा १ जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी– ४ थान भरुवा बन्दुक सहित कैलालीको गौरीगङ्गा नगर पालिकाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गौरीगगां –६ दैद्वारी शिविर बस्ने २० वर्षीय सागर चौधरी लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुल दीप चन्दले बताए । स्थानीय प्रदेशु चौधरीको घरमा अवैध घरेलु हतियार भरुवा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा माटाको धान राख्ने भकारी  भित्र लुकाई छिपाई राखिएको अवस्थामा  एकनाले भरुवा बन्दुक ४ थान फेला परेको हो । बन्दुक सँगै त्यसमा प्रयोग हुने कच्चा पदार्थ सुरा ३ सय  ग्राम  र  गन्धक १३० ग्राम बरामद गरिएको प्रहरी नायब उपरिक्षक चन्दले जानकारी दिए ।  पक्राउ परेका सागर प्रदेशुका छोरा हुन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2023/08/03, 1:56