यस कारण भयो सुदूरपश्चिमका मन्त्री सवार गाडी दुुर्घटना

सुदूर प्रेस संवाददाता

धनगढी—चालकको असक्षमताका कारण सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुुर्घटना भएको तथ्य खुलेको छ । दुुर्घटनामा परी मन्त्री सिंहसहित उनकी पत्नी र भाउजुको निधन भएको थियो ।

प्रदेश सरकारद्वारा गठित अध्ययन समितिले आइतबार मुुख्यमन्त्री कमलबहादुर शाहसमक्ष प्रतिवेदन बुुझाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएिको थियो । ‘सवारी चालकमा असक्षमताले दुर्घटना भयो,’ प्रतिवेदनमा उल्लेख छ । मन्त्री सिंह गत असार ५ गते डडेल्धुरा हुुँदै गृहजिल्ला बझाङ जाने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका १ झारछडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा मन्त्री सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको थियो । मन्त्री सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी सख्त घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ ।

प्रकाशित:
2023/08/08, 7:33