कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको उद्धार गरेको छ। गए राति शुक्लाफाँटा नगरपालिका–७  कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० प्रेम रावलले बताए । 

एसपी रावलको कमान्डमा खटिएको टोलीले महिलाहरूको उद्धार गरी आफन्तको जिम्मा लगाएको थियो । 
कञ्चनपुर र कैलालीका धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ । 

प्रकाशित:
2023/08/08, 8:03