सोमवार राती देखी अवरुद्ध सुदूरपश्चिमको भीमदत्त राजमार्ग अझै सुचारु भएन

सुदूर प्रेस संवाददाता

धनगढी–पहिरो खसेपछि सोमवार राती देखी अवरुद्ध सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग अझै सुचारु भएको छैन । मंगलवार दिउँसो वाट पहिरो पन्छ्याउने काम जारी रहे पनि वर्षाका कारण माथि वाट लेदो खस्ने क्रम जारी रहेपछि सडक सुचारु गर्न समस्या भएको हो । ७ पहाडी जिल्ला जोडने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् । भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको वुढीतोलामा पहिरो खसेपछि सोमवार राती ९ बजेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको छ । सडक अवरुद्ध हुँदा बिरामी,वृद्ध वृद्धा लाइ  वढी समस्या परेको छ ।  कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले ठुलो पहिरो हटाइ सकिएको र सम्भवतः आज दिउँसो सम्मा सडक सुचारु हुने जानकारी दिए । वर्षा जारी रहेका कारण माथि वाट लेदो आउने क्रम नरोकिएकाले समस्या भएको छ उनले भने– दिउसो वाट सडक खुल्छ । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।  महाकालीमा बिहान पानीको बहाव १ लाख ३१ हजार क्युसेक पुगेको हो । यता कैलालीको कर्णाली,मोहना कन्द्रा,कटैनी नदीमा पनि  जल स्तर बढेकाले सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

 

प्रकाशित:
2023/08/09, 7:49