यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । आज राति भने देशभर सामान्यदेखि मौसम पूर्ण बदली रहने छ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

प्रकाशित:
2023/08/11, 9:01