कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पुनर्वास नगरपालिका-३ बस्ने करिब २५ वर्षीया लक्ष्मी घर्तीमगर मंगलबार बिहान सडकमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताएका छन् । एकाबिहानै स्थानीयले महिलाको शव सडकमा देखेपछि नजिकै रहेको अस्थायी प्रहरी पोस्टमा खबर गरेका थिए ।

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेकी घर्तीमगर मावली घरमा जान्छु भनी सोमबार साँझ माइती घरबाट निस्केकी थिइन् । लक्ष्मीको बाहिरी शरीरमा चोट देखिएको छैन । पोस्टमार्टमको लागि शव सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ ।

यस सबन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनी केही वर्षदेखि माइतीघरमा बस्दै आएकी थिइन् । उनको ५ वर्षका एक छोरा छन् ।

प्रकाशित:
2023/08/15, 10:42