सेफ्टी ट्याङ्कीमा परेर शुक्लाफाँटामा जङ्गली हात्ती ठहरै

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति एक जङ्गली हात्ती मरेको छ । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टी ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेको स्थानीयले बताएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले राति १२ बजेतिर जङ्गली हात्तीको पछाडिको खुट्टा सेप्टी ट्याङ्कीमा मरेको अवस्थामा भेटिएको बताए ।  सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । सबै विधि प्रक्रिया पु¥याएर हात्तीको दाहसंस्कार गरिने जनाइएको छ ।

प्रकाशित:
2023/08/17, 10:05