शिखर नगरपालिकाका प्रमुखले गरे स्वकीय सचिव माथि खुकुरी प्रहार

सुदूर प्रेस संवाददाता

डोटी–डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेका छन् । मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन्। घटनाको बारेमा कुनै प्रक्रियागत जानकारी प्राप्त नभएको र सामान्य बुझ्दा स्वकीय सचिव ठगुन्नाले नगर प्रमुखको गाडीमा तोडफोड गरेको र ठगुन्नामाथि खुकुरी प्रहार नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
२०८० भदौ , १०:०५
SPA
KN
Priya Gahana Pasal