होसियार! नेपालमा बच्चा चोर्ने भारतीय गिरोह सक्रिय

बारा– तराइमा स–साना वालवालीका चोर्ने एउटा भारतीय गीरोह नेपालमा सकृय भएको पाइएको छ । प्रहरीले बच्चालाइ वोराभीत्र राखेर भारत लैजादै गरेको अवस्थामा फेला पारेपछि यस्तो रहस्य सार्वजनीक भएको हो । बारामा बच्चा चोर्ने एक भारतीयलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले आइतबार २२ वर्षीय ताबरेज आलमलाई चोरी गरेको दुई बच्चासहित देवताल गाउँपालिका–३ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका आलम भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत–४ आधारपुरका हुन् ।

बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका–३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका दुई वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए  । 

प्रकाशित:
2023/08/21, 7:48