देशका थोरै स्थानमा पानी पर्ने, आज भारी वर्षाको छैन सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भूभाग सरदर स्थानको दक्षिणतिर रहेको छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।

 

आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन्/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन्/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भोलि (बिहिबार) बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीसमेत चल्नेछ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

शुक्रबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित:
2023/09/06, 8:06