हल्कादेखि मध्यम वर्षाको सम्भावना, मूसलधारे पानी नपर्ने

सुदूर प्रेस संवाददाता

धनगढी– मनसुनी रेखा सरदर स्थान दक्षिणतर्फ रहेको र मनसुन पुन: सक्रिय हुने अवस्था नरहेकाले आगामी तीन दिन देशका थोरै भूभागमा कम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। हाल कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भोलि (शुक्रबार) बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्नेछ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

शनिबार देशका पहाडी क्षेत्रका केही स्थान तथा बाँकी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

राति देशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थान तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । 

प्रकाशित:
2023/09/07, 8:15