आजको मौसम : कतै हावाहुरी, कतै हल्का वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित:
2023/09/08, 7:40