भन्सार छलेर ल्याएकाे आठ सय किलो काजु बरामद

सुदूर प्रेस संवाददाता

रौतहट - प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद गरेको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेकाे काजु प्रहरीले बरामद गरेकाे हाे । 

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ । 

प्रकाशित:
2023/09/12, 8:07