सुवास नेम्वाङकाे निधनकाे शाेकमा बिहीवार सार्वजनिक बिदा

सुदूर प्रेस संवाददाता

काठमाण्डाै – सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनकाे शाेकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । 

गृह मन्त्रालयले आज मङ्गलवार एक सूचना निकालेर यसबारेमा जानकारी दिएकाे हाे । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

नेम्वाङको गए राति हृदयघातका कारण ७१ वर्षकाे उमेरमा निधन भएको थियो ।

प्रकाशित:
2023/09/13, 9:15