आज राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित

सुदूर प्रेस संवाददाता

धनगढी– आज राष्ट्रिय बाल दिवस । बालबालिकामा लगानी-सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै छ ।

नेपालमा २०२१ साल भदौ ४ गतेदेखि बाल दिवस मनाउन थालिएको हो । लोकतन्त्र स्थापना अघिसम्म बाल दिवसको थालनी गरेकी तत्कालीन बडामहारानी रत्नको जन्मदिनमा मनाउने प्रचलन थियो ।

पछि गणतन्त्र कार्यान्वयनमा आएपछि भने नेपालले बाल अधिकार महासन्धी अनुमोदन गरेको मितिको स्मरणमा हरेक वर्ष भदौ २९ मा बाल दिवस मनाउने गरिएको छ । तर बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामै सीमित छ ।

उचित स्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार पनि बालबालिकाले पाउन सकेका छैनन् ।

बाल अधिकार हनन हुन नदिने तीनै तहका सरकारका योजना कार्यान्वयन नहुँदा बालश्रम कायमै छ । सडक बालबालिकाको उद्धार र पुनर्स्थापना पनि कागजमै सीमित छ ।

प्रकाशित:
2023/09/15, 7:34