डाक्टरमाथि भएको आक्रमणको बिरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

सुदूर प्रेस संवाददाता

धनगढी– चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्।

संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ।

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन्। 

यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनीहरूको माग छ।

प्रकाशित:
2023/09/17, 8:02
SPA
KN
Priya Gahana Pasal