यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाकाअनुसार कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

शुक्रबार कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षासमेत हुने पूर्वानुमान छ । 

प्रकाशित:
2023/09/20, 7:52