यस्तो छ आज देशभरको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भूभागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा केही स्थान र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि (शुक्रबार) पनि देशका केही प्रदेशमा वर्षाको सम्भावना छ । महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनअनुसार भोलि दिउँसो कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा हुनेछ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र मधेस प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार पनि देशका विभिन्न स्थानमा वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र देशका बाँकी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

प्रकाशित:
2023/09/21, 8:07